Intoduction
परिचयः
सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको भएको यस करुणा बचत तथा ऋण सहकारी संस्था लि. को मुख्य कार्यालय सातदोवाटो,ताल्छिखेल–१४,ललितपुरमा रहेको छ ।
यस संस्थाको व्यवस्थापन समितिमा व्यवसायी,उद्यमीवर्ग तथा वित्तिय क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरु आवद्ध छन् । जुन समुदायमाझ रहेको निस्कृय पुँजीलाई प्रतिस्पर्धात्मक वित्तिय बजारमा स्वयम् प्रतिस्पर्धाबाट आकर्षक व्याज प्रदान गरि एकिकृत गरिएको निक्षेप रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने तथा आफ्ना सदस्यहरुलाई सर्वसुलभ व्याजदरमा छिटो छरितो सेवा सुविधाको माध्यमबाट कर्जा प्रवाह गरि व्यक्तित्व विकास तथा राष्ट्र निर्माणमा टेवा पु¥याउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
उद्देश्यहरुः
१. समाजमा छरिएर रहेका स–साना परिमाणका पुँजीलाई एक ठाउँमा
संकलन गरि समाजका निम्न आय भएका गरिव तथा विपन्न वर्गहरुको
जीवनस्तरलाई आर्थिक रुपले समृद्धशील बनाउने ।
२. संस्थामा आवद्ध सदस्यहरुमा मितव्ययीताको भावना जागत गराइ नियमित बचत गर्ने बानीको विकास गर्ने ।
३. सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिवृद्धि गरि स्वाबलम्बी एवं आत्मनिर्भर बनाउने ।
४. सदस्यहरुलाई आवश्यक परेमा कृषि,व्यापार,स–साना घरेलु उद्योगका
लागि सरल एवं सुलभ ढंगले समुचित व्याजदरमा ऋण उपलव्ध गराउने ।
५. अन्तर सहकारी सम्वन्धलाई अझबढी पारस्परिक सहयोग हुने गरि विकास गर्ने ।
६. सदस्यहरुको सुरक्षार्थ वीमा सुविधा कल्याणकारी कोषको व्यवस्था तथा विपदको समयमा अन्य विभिन्न राहत सुविधाहरु उपलब्ध गराउने ।
७. समाजमा अज्ञानता,अभाव र पिछदिएका व्यक्ति तथा समुदायलाई ज्ञान,
सीप,तालिमको व्यवस्था गरि उनीहरुको चेतना र बौद्धिक क्षमताको विकास गर्ने ।
शेयर पुजी
यस संस्थाको शेयर पुँजी ५,००,००,००० (पाँच करोड) कायम गरी उक्त रकमलाई क्रमिक रुपमा चुक्ता पुँजीमा परिणत गरिंदै लगिने छ ।
व्यवस्थापनाः
यस संस्थाको सम्पुर्ण कार्यको रेखदेख तथा दैनिक कार्य संचालन
समितिको कार्यकारी पदाधिकारीबाट हुने व्यवस्था गरिएको छ । यसको अलावा संस्थाको दैनिक कार्य सम्पादन गराउन संस्थामा अनुभवि
कर्मचारीहरुकोसमेत व्यवस्था गरिएको छ।
संस्थामा आवद्ध महानुभावहरुलाई छिटो छरिटो तथा विश्वासिलो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक वैकिङ्ग सफ्टवयेर प्रणालीको जडान गरिएको छ ।