यस करुणा बचत तथा ऋण सहकारी संस्था लि. २०६५ साल श्रावण १३ गतेका दिन बिधिवत रुपमा ललितपुर डिभिजन सहकारी कार्यालयमा दर्ता भई आर्थिक सामाजिक तथा रोजगारमुलक समाज निर्माण गर्ने महान उद्देश्यका साथ संस्थामा आबद्घ शेयर सदस्यहरुलाई यस सम्मानित सभा समक्ष संस्था तथा मेरो व्यक्तिगत तर्फबाट सहकारी अभिबादन टक्राउँदछु । सन १८४४ मा बेलायतबाट शुरु भई सहकारी अभियान आज विश्वब्यापी रुपमा फैलिएको छ । सयुक्त राष्ट्र संघले २०१२ लाई अन्तराष्ट्रिय सहकारी बर्षका रुपमा विश्वभर  मनाएपछि सहकारी क्षेत्रलाई अन्तराष्ट्रिय महत्व दिएको छ । आज विश्वको ६ अर्ब जनसंख्या मध्ये १ अर्ब जनसंख्या सहकारीमा निर्भर रहेको पाइन्छ । नेपालको सन्दर्भमा बि.स.२०१३ सालबाट सुरु भएको सहकारी अभियान हाल आएर सहकारी क्षेत्रबाट मात्रै ३ सय अर्बको कारोबार भएको पाइन्छ । सहकारी क्षेत्रमा ६५ लाख भन्दा बढी सहकारी सदस्य रहेको तथ्याङ्क पाउन सकिन्छ । आजको बर्तमान परिप्रेक्षमा देशको अर्थतन्त्र अघि बढ्न सहकारीको मुख्य भुमिका रहेको छ भन्ने कुरामा द्घिविधा नहोला भन्ने लाग्छ । “अपनाऔ पद्घति सहकारी, हटाऔ गरिबी र बेरोजगारी” भन्ने नारालाई आत्मासात गर्दै स्थापना भएको यस करुणा बचत तथा ऋण सहकारी संस्था 

Krishna Prd Bastola
Chairman, Karuna Saccos